नेपाली सङ्गीतमा विशिष्टीकरणको आवश्यकता

Posted On: Monday, August 1st, 2016

[caption id="attachment_11116" align="alignleft" width="433"] सन्तोष श्रेष्ठ[/caption] देशले वा राष्ट्रले हामीलाई के दियो भन्दा पनि आफ्नो देश वा राष्ट्रका लागि हामीले के दिन सक्यौं ? अनि नेपाली सङ्गीत मार्फत के गर्न सक्यौं ? भन्ने दर्शनलाई आत्मसाथ गर्दै थुप्रै सङ्गीत साधकहरुले आफ्नो जीवनभर केवल साधना गरिरहेको पाइन्छ । सङ्गीत भनेको जीवनको साधना हो । सङ्गीत नै जीवनको आनन्द हो । सङ्गीत आत्मशान्ति पनि हो । सङ्गीत जीवनको ठूलो उर्जा हो । यी आदि इत्यादि कुराहरुलाई मुख्य विषय बनाएर साधकहरुले अविछिन्नरुपमा साधना गरको…


प्रधानमन्त्रीको भारत भ्रमण र अम्मर गुरुङ

Posted On: Friday, February 26th, 2016

सविता पोखरेल भनिन्छ कलाकार भनेका राष्ट्रका गहना हुन् । एउटा कलाकारको कलाले सिंगो मुलुकको चिनारी बोकेको हुन्छ । तर नेपाली कलाकारले यस्तो अनुभूति गर्ने दिन अहिलेसम्म आएको छैन । यौनजन्य कृयाकलापमा लागेकी रुपवती सुन्दरीले जसरी आफ्नो बैशमा रस रहुन्जेल मात्र आफ्नो कर्मलाई निरन्तर दिनसक्छे, त्यस्तै अवस्था छ नेपाली कलाकारहरुको पनि । कलाकारले पनि आफ्नो स्वस्थ्य शरीर रहुन्जेल ‘मेरो मुलुक मेरो परिचय’ भनि मरिमेटि काम गरेको हुन्छ अनि जीवनको उतराद्र्धमा हात लाग्यो शुन्य । प्रसङ्ग हो चर्चित अनि लोकप्रिय संगीतकार अम्बर…


राष्ट्रकविको स्यावासी संगीतकार श्रेष्ठलाई

Posted On: Saturday, January 30th, 2016

संस्मरण:   रमेश सुवेदी नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई केही बर्ष अगाडि रोल्पा विकास समाजले आयोजना गरेको कार्यक्रममा होस् वा कवि डा.कृष्णराज डी.सी.को पछिल्लो कृति ‘भगिरथ प्रयत्न’को बिमोचन कार्यक्रममा निकटबाट नियाल्ने,उहाँको मन्तव्य सुन्ने तथा फोटो खिच्ने मौका पाईएपनि ती सार्वजनिक कार्यक्रमहरुमा उहाँसँग मनग्ये भलाकुसारी गर्ने मौका भने नपाईएकोले उहाँको निबासमै पुगेर पेटभरी भलाकुसारी गर्ने रहर त छदैथियो नै । त्यै माथि डा.डी.सी.कै कृति बिमोचनमा कार्यक्रम सम्पन्न भएपछि राष्ट्रकविलाई निबासमा पु¥याउन कवि निवास लैनचौर सम्म जाने जिम्मा लिएका संगीतकार सन्तोष…


तमु (गुरुङ्ग) समुदायको महान चाड तमु ल्होसार

Posted On: Thursday, December 24th, 2015

—राजु प्रकृति नेपालका सुचिकृत आदिबासी जनजातिहरु मध्ये गुरुङ्ग जाति पनि एक हो । आफ्नै भाषा, संस्कृति, सभ्यता र इतिहास भएका गुरुङ्गहरुको थातथलो बर्तमान नेपालको कालिगण्डकीदेखि बुढीगण्डकीसम्मका भू—भागहरु हुन् । त्यस भू—भागबाट बसाई सराईको क्रममा यतिखेर गुरुङ्गहरु नेपाल लगायत छिमेकी मुलुकहरु भुटान, भारतको सिक्किम, दार्जिलिङ्ग, कालिङ्गपोङ्ग देखि देहरादुनसम्म छरिएर स्थायी रुपमा समेत बसोबास गरिरहेका छन् । पछिल्लो समयमा यू.के., हङकङ लगायत अन्य देशहरुमा समेत स्थायी तथा अस्थायी बसोबास रहेका छन् । त्यस बाहेक अमेरिका, क्यानाडा, जर्मन, अष्टे«लिया, बेल्जियम, स्वीजरल्याण्ड, फ्रान्स, जापान,…


सुगममा फिट चलचित्रमा हिट डा.बराल

Posted On: Monday, October 5th, 2015

टीका भण्डारी – मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन (प्रेमपरियार) – भक्त हुँ देशको (पाण्डव सुनवार) – यी हल्लाहरु हुन् तिमीले सुनेका (आनन्द कार्की) – बाधा परुन् जति (द्वारिकालाल जोशी) – म मर्ने बेला तिमी (रजिना रिमाल) – पर्दा पछाडि नै (आनन्द कार्की) – के भुल भयो प्रिया (नरेन्द्र प्यासी) – मनका सबै बोझहरु (रबिन शमा) – कुन देशकी चरी हौ (हिक्मत माली) – कर्म गरौं (फत्तेमान र ज्ञानु…


संगीत उद्योगको मार्गदर्शक को ?

Posted On: Tuesday, August 25th, 2015

सुमन बैरागी आजभोलि बजारमा मौलिक संस्कृति हरायो, पाइरेसी बढ्यो, संगीतको बजार खस्कियो भन्नेहरुको कमी छैन र भएको पनि त्यस्तै छ । कुरा किन यसरी भइरहेको छ ? भन्ने विषयमा भने हामी अझसम्म कुनै उपायको खोजीमा रहेका छैनौं । मौलिक कला संस्कृति हराउनुमा कसको दोष छ त ? पाइरेसी गर्ने र संगीत बजार घाटामा लैजाने को हुन् त ? संगीत सिर्जना गर्नेहरु बजारमा नै दौडिरहेका छन् । को हुन् त मौलिक सिर्जना बजारमा ल्याउने हकदार स्रष्टा । किन सबै स्रष्टाको दायित्व…


सङ्गीतको शक्ति, आशक्ति र सत्ता

Posted On: Tuesday, July 28th, 2015

बुलु मुकारुङ संसार शक्ति र सत्तासँग जोडिन, पुग्न वा टाँसिन लालायित हुन्छ । शक्ति र सत्तामा पुग्ने लालसाले मान्छेले जीवन लिन्छ, दिन्छ र नरसंहार नै गरेको पनि देखिन्छ । आखिर शक्ति र सत्तामा के मधु–मोह हुन्छ ? जसले मान्छेलाई लोभ्याउछ, आकर्षित गर्छ र सत्तामा जान मरिहत्ते नै पार्छ । मह मोहनीमा मातिँदा मौरी पनि मृत्युमा पुग्ने डर हुन्छ । मह, मद–मदिराले मान्छेलाई तुरुन्त उर्जा दिए जस्तो भएपनि शक्तिहीन वा मलिन बनाउँछ र मान्छेहरू मात्छन्, मातेर मत्थु हुन्छन् । त्यस्तै पो…


उदितको सप्तरीदेखि मुम्बईसम्मको सांगीतिक यात्रा

Posted On: Thursday, July 16th, 2015

सविता पोखरेल उदित नारायण झा यतिबेला उनी ६२ वर्ष पुगिसकेका छन् तर अझै पनि लाग्दछन् ३० वर्षे ठिटो । बि.सं २०१२ मंसिर १२ बिहीबार जन्मिएका झा सांगीतिक नक्षत्र नै हुन् । नेपालको सप्तरी जिल्लाको भारदह गाउँमा बुवा हरेकृष्ण झा र आमा भुवनेश्वरी देवी झाको कोखबाट जन्मेका झाले आफ्नो पुख्र्यौली थलो त्यतिबेला छाडे जतिबेला उनले स्थानीय विद्यालयबाट एस.एल.सी पास गरे । त्यसपछि अध्ययनकै लागि भनेर काठमाण्डौ जानु प¥यो । काठमाण्डौको आर.आर क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका झा नेपाली र हिन्दी प्ले…


जनताका लोकप्रिय गायक रामेश

Posted On: Friday, July 10th, 2015

टीका भण्डारी, संगीतकार रामेश श्रेष्ठ, धेरैले टेलिभिजनमा नदेखेका, रेडियोबाट कम सुनेका तर नेपालका गाउँ बस्तीका जनता बीच अत्यन्तै लोकप्रिय कलाकार हुन् । रेडियो टेलिभिजनमा बर्षौं देखि छ्याप्छ्याप्ती गीत गाउने धेरै कलाकारहरु भन्दा यिनी नेपालका दुर बस्तिहरुमा प्रिय छन् । लोकतन्त्रका लागि ४५ बर्ष देखि निरन्तर जेल नेल कस्टडी, प्रहरीका यातना खेप्दै ,पंचायती दमन चिर्दै , शोषण उत्पीडन र गरिबी हटाउने उद्घोष सहित जनताका गीत गाउँदै हिंडेका यिनी देशमा लोकतन्त्र आएपनि लोकतान्त्रिक गाडीको पछिल्लो सिटमै देखिन्छन । सबै कलाकारहरुमा रेडियो टिभी…


जो गायन शिरोमणी हुन् तर गाउन असमर्थ बनाइएका छन्

Posted On: Tuesday, June 23rd, 2015

टीका भण्डारी उनी लाखौँ श्रोतामाझ प्रिय छन्, असंख्य सङ्गीत प्रेमीहरुको रोजाइमा छन् ! कुनै भर्खरै बामे सर्दै गरेको नवोदित गायक होस् या सङ्गीतका उस्तादहरु हुन् तिनका स्वराभ्यास गर्ने गीत प्राय उनकै सङ्गीतका हुन्छन । किनकि उनलाई नेपाली सङ्गीतका नयाँ पुस्ता स्वर ( ब्याकरण कै रुपमा मान्ने गर्दछन, तर बिडम्बना, उनी गाउन असमर्थ बनाइएका छन् । कुनै पापी आयो नेपाली संगीतमा उनको कालजयी र अजम्बरी भनिएको जिब्रो छिनभरमा चुँडेर लग्यो । यही कारण २०४६ सालदेखि आजसम्म उनी ठुलो पीडामा बाँचेका छन्…